November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन सार्ने विषयमा निर्णय हुने

2.9K

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयले यसअघि सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो।

दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ।
यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।

Advertisement

आजको बैठकले उक्त निर्णय अनुमोदन गुर्नका साथै अन्य विभिन्न  समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको  महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।