काठमाडौं– नेकपा (एमाले)को माधव नेपाल पक्षको जिल्ला कमिटीको पदाधिकारी भेला आज पनि ११ बजेदेखि सुरु हुने भएको छ। शनिवारदेखि जारी भर्चुअल भेलामा हालसम्म २८ जनाले बोलेका छन्।
बैठकमा सहभागीहरुले जिल्लाको वस्तुगत अवस्थासहित नेतृत्वलाई आगामी रणनीतिका लागि सुझाव दिने कार्यक्रम रहेको छ। सहभागीलाई पाँच मिनेट समय उपलब्ध गराइएको एक जिल्ला अध्यक्षले बताए।
बैठकपछि पार्टीले के गर्न उपयुक्त हुन्छ भन्ने सुझाव लिखित रूपमा दिनसमेत जिल्ला पदाधिकारीलाई सर्कुलर जारी गरिएको छ। यसअघि हिजो बोल्ने अधिकांशले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादका लागि एक हप्ताको समयवाधि छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्नुपर्ने बताएका थिए।
ओली सुध्रिने सम्भावना देख्दै नदेखेकाले पुनर्गठनको विकल्प नभएको समेत उनीहरुको भनाइ थियो।