April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओलीका प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड

2K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको प्रतिवेदनमा आफूलाई व्यक्तिगत तहमै उत्रिएर आरोप लगाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको एक–एक गरी जवाफ दिने भएका छन्।

गत शनिवारको सचिवालय बैठकमा ओलीले द्वन्द्वकालीन घटनासहित अन्य विषयसँग जोडेर व्यक्तिगत तहमै आक्षेप लाग्ने गरी प्रतिवेदन पेश गरेपछि प्रचण्डले त्यसको जवाफ दिने गरी तयारी गरेका हुन्। 

‘मेरो राजनीतिकभन्दा व्यक्तिगत जीवनमा आक्षेप लाग्ने गरी केपीजीले उठाउनु भएका कतिपय आरोप निराधार छन्,’ प्रचण्डको भनाइ  उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘सबै विषय स्पष्ट हुने गरी आफ्ना कुरा राख्ने तयारी गरेको छु। सबै आरोप टिपोट गरेको छु, सकेसम्म लिखित रुपमा पेश गर्छु। नभए मौखिक रुपमा मेरा कुरा बैठकमा राख्ने तयारी गरेको छु ।’

Advertisement

गत कात्तिक २८ गतेको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पाँच जनाको सहमतिमा प्रचण्डको हस्ताक्षरसहितको प्रतिवेदन पेश भएको थियो।