November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल पक्षका नेतालाई कारबाही गर्न ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

2.2K

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलले आइतबार साँझ ५ बजे बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका १२ जना नेतामाथि कारबाही गर्न सक्ने स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री अ‍ोलीले पार्टीनिर्णयविरुद्ध गएका नेता समूहका १२ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । उनीहरुले हालसम्म पनि जवाफ पठाएका छैनन् ।

Advertisement

एमालेले घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोधेको थियो ।

यसअघिको स्थायी कमिटीको बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।