काठमाडौं– पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले नेपाललाई कोरोना भाइरसविद्धको खोप उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह गरेका छन्।
स्टेटन्यूज डटकममा एक लेख लखेर थापाले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बनेको चर्चा गर्दै तत्काल खोपको आवश्यकता रहेको उल्लेख गरेका छन्।
नेता थापाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग एस्ट्राजेनिका खोप नेपाललाई उपलब्ध गराउन आग्रह गरेका छन्।
अमेरिकाले कोभिड–१९ द्वारा उत्पन्न मानवीय संकटको सामना गर्नका लागि थप मानवीय क्षतिबाट बचाउन मदत गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
लेखमा थापाले नेपाललाई खोप उपलव्ध गराएर संक्रमितहरुको जीवन बचाउन आग्रह गर्दै नेपालको स्वास्थ्य प्रणालीलाई मजबुत गराउन अमेरिकी सहयोग महत्वपूर्ण हुने उल्लेख गरेका छन्।