March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापनपत्र

2.9K

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणबारे सातै प्रदेशमा छलफल गरी सुझाव संकलन गरेको थियो ।

सोही छलफलका आधारमा १५ बुँदे ज्ञापनपत्र बनाएको बताइएको छ । ज्ञापनपत्र बुझाउन सभापति देउवासहित नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेता डा.रामसरण महत सिंहदरवार पुगेका थिए ।

Advertisement

कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने खोपको आपूर्तिमासमेत सरकारले चासो नदिएको भन्दै आपत्ति जनाउँदै आइरहेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबी समेत गरेको छ ।