March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

कांग्रेसद्धारा निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्री माथि कारबाहीको माग

1.8K

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठमाथि कारबाहीको माग गरेको छ।

नेपाली कांग्रेसको संसदीय दलले बागमती प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि विहीबार मतदान हुनु पूर्वको मौन अवधिमा प्रधानन्त्री ओली र मन्त्री श्रेष्ठले आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै निर्वाचन आचार संहिताको ठाडो उल्लंघन गरेकाले कारबाहीको माग गरेको हो।

‘निर्वाचन आचार संहिता पालन गर्नु सबैको साझा कर्तव्य हो। स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो तर आचार संहिता विपरित सरकारका प्रमुख नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचन प्रभाव पार्नु स्वच्छ निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको छ’ कांग्रेस संसदीय दलले निर्वाचन आयोगलाई बिहीबार लेखेको पत्रमा भनिएको छ। 

Advertisement

आचार संहिता उल्लेघन गरी प्रधानमन्त्री ओलीले मत माग्ने वक्तव्य दिएको प्रति कांग्रेस संसदीय दलको हिजो बसेको बैठकले घोर भत्सर्ना गरेको र निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित कार्य गर्ने जो कोहीलाई कारबाही गर्न बैठकले जोडदार माग गर्ने निर्णय गरे बमोजिम कारबाहीका लागि अनुरोध गरिएको संसदीय दलको पत्रमा उल्लेख गरिएको छ।