March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

सभापति देउवासहित कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री ओलीलाई भेट्दै

2.2K

काठमाडाैं– नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्। आज (बिहीबार) बिहान ९ प्रधानमन्त्री ओलीलाई भेट्ने समय निर्धारण भएको छ।

कोभिड – १९ नियन्त्रण तथा रोकथाममा पार्टीको राय प्रस्तुत गर्न  प्रधानमन्त्रीलाई भेट्न समय लिएको बताइएको छ।पार्टीले सातै प्रदेशमा गरेको भर्चुअल मिटिङबाट आएका विषय ज्ञापन पत्रमा रूपमा बुझाउने बताइएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण कांग्रेसले गराउने भएको छ। शीर्ष तहका पाँच नेता प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जाने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  कोरोना नियन्त्रणमा सरकारको थप सक्रियताको सुझावसहित ज्ञापनपत्र कांग्रेसले बुझाउने भएको छ।

Advertisement

कोरोना रोकथाम र नियन्त्रण अनुगमन समितिसमेत कांग्रेसले बनाएको छ। सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको उक्त समितिले सातै प्रदेशमा भर्चुअल संवाद राखेको थियो। उक्त संवादमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी भएका थिए।