November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जसपामा विवादपछि सर्वदलीय बैठक स्थगित, देउवा-प्रचण्ड भने छलफलमा

3K

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन्।

देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच छलफल भएको हो। झण्ड एक घन्टा उनीहरुले छलफल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि विपक्षी दलको गठबन्धनको सरकार बनाउने विषयमा उनीहरुको छलफल केन्द्रित भएको बुझिएको छ।

Advertisement

बहुमतको सरकार बनाउन कांग्रेस र माओवादी केन्द्र तयार रहेपनि जसपामा सहमति जुटिसकेको छैन। यही कारण देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित गरिएको छ।

विपक्षी दलको बैठक स्थगित भएपछि कांग्रेस पार्टी पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा आगामी सरकारको नेतृत्व लिने र समीकरण निर्माण गर्ने विषयमा छलफल हुनेछ।