November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

1.6K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति देउवा निवासमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने मुख्य सचिव पौडेलले बताए । बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला राजनीतिक घटनाबारे पनि समीक्षा हुने उनको पौडेलले बताए । बैठकमा छलफल गर्ने एजेण्डामा पार्टीको आसन्न १४औं महाधिवेशनको विषय पनि रहेको छ ।

Advertisement