November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुरुपयोग भएको रकम संस्थाको खातामा फिर्ता ल्याउने छौँ: प्रेम गाहामगर

7.1K

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष प्रेम गाहा मगरले बेलायत स्थित नेपाली समुदायले श्रम गरेर समाजसेवाका लागि खर्चेको रकम दुरुपयोग गर्ने विरुद्ध कानुनी लडाईमा जानु परेको बताएका छन् ।

आइतबार जूम मार्फत आयोजना गरिएको ‘खुल्ला बहस’ कार्यक्रममा उपाध्यक्ष मगरले गैरआवासीय नेपालीहरुले संस्थाका विकासका लागि खर्चेको रकमको अनियमिता रोक्न आफुहरुले कानूनी बाटो रोज्नु परेको बताउदै भने ‘हामी सहित पुरानो कार्य समिति भित्र छानविनको प्रकृयामा छ । छानविनको निश्कर्ष पछि म स्वयं पनि आर्थिक अनियमितता गर्नेमा परे भने संस्थाले गर्ने वा कानून बमोजिम जस्तो सुकै कारवाहीको भागिदार हुनेछु । आफ्नै संस्था विरुद्ध मुद्दा हाले भनेर केही व्यक्तिहरुले मेरो विरुद्ध हल्ला चलाएका छन् । त्यो विल्कुल गलत र भ्रामक कुरा हो, हाम्रो लडाई संस्था विरुद्ध होइन, एनआरएनए युकेलाई दुरुपयोग गर्ने गलत व्यक्तिहरु विरुद्ध हो,’ ।

साथै उपाध्यक्ष मगरले जो नेतृत्वमा आएपनि एउटै व्यक्तिले संस्थामा हालीमुहाली गर्दै आएको भन्दै आगामी दिनमा त्यस्तो सिण्डीकेट तोडने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले संस्था मार्फत दुरुपयोग गरिएको रकम संस्थाको खातामा फिर्ता ल्याउने दावी समेत गरेका छन् ।

Advertisement