April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओली पक्षीय प्रवासी नेपाली एकता मञ्च यूरोपद्धारा अनर्गल समाचारको खण्डन

17.8K

लण्डन – प्रवासी नेपाली एकता मञ्च यूरोप (ओली पक्षले) नेपाल कम्युनिष्ट पार्टी एमालेद्धारा कारवाही गरिएका केही नेताहरुले पार्टीको प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्चको नाम दुरुपयोग गरेको भन्दै निजहरुले यूरोपका केही देशहरुमा समान्तर कमिटी निर्माण गरेको भन्ने समाचारमा कुनै तुक नभएको दावी गरेको छ ।

मञ्चद्धारा जारी विज्ञप्तिमा उक्त समाचारप्रति सर्वसाधारणलाई ध्यानाकर्षण गराउँदै भनेको छ, – प्रवासी नेपाली एकता मञ्च यूरोपले सिंगो राष्ट्र र पार्टी पंक्तिको हित विपरीत मुठ्ठीभर समुहले विभिन्न समयमा श्रृखलावद्द वितण्डा मच्चाउने घृणित कार्यको निरन्तरता दिदैँ प्रवासमा पनि सम्बन्धित साथीहरुको जानकारी र सहमति बिना कथित कमिटीहरुमा नाम समावेश गरी अवैधानिक एवमं निर्लज्ज ढंगले अघि बढ्ने कुचेष्टा गरेको कार्यको घोर भत्सर्ना गर्दछौं ।

‘अनधिकृत तवरले कथित कमिटीमा नाम समावेश गरिएको प्रति हालसम्ममा धेरै साथीहरुले खण्डन गरिसक्नुभएको छ भने थप साथीहरुको खण्डन आउने क्रम जारी छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको नेपाली जनताको साझा अकाङक्षा “समृद्ध नेपाल, सुखी नेपाली” नारालाई साकार पार्न प्रवासी आम कार्यकर्ता गतिशिल एवं जुझारु भई आ–आफ्नो स्थानबाट योगदान पुर्याउनु अहिलेको आवश्यकता रहेको र पार्टी केन्द्रको विधान र पद्दतिलाई मिचेर आम कार्यकर्ताको भावना विपरीत यस्तो अनर्गल प्रचारवाजीमा लागेका झुण्डहरुको भ्रममा नपर्न साथीहरुलाई विज्ञप्ति मार्फत अपील समेत गरेका छन् ।

बाटो बिराएका मित्रहरुलाई समयमै सच्चिनका लागि निर्देशन दिदैँ भविष्यमा पनि पार्टी विधान विपरीतका यस्तै क्रियाकलापलाई निरन्तरता दिएको पाइएमा विधान बमोजिम कारबाही गरिने भनी सम्बन्धित पक्षलाई सावधानी गराएको छ ।

यस्तो छ विज्ञप्ती