November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पुस ५ गते इतिहासको कालो दिन [सर्कुलरको पूर्णपाठ]

5.2K

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफ्नो पक्षका नेता कार्यकर्तालाई सर्कुलर जारी गर्दै पुस ५ गतेको दिनलाई कालो दिनको रूपमा लिनु पर्ने बताएका छन्।

जनताले नेकपालाई ५ वर्षका लागि म्यान्डेट दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय दुरुपयोग गरेर प्रतिनिधि सभा विघटन गरेको सर्कुलरमा उल्लेख छ। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुसार अघि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरिएको छ।

सर्कुलरमा एमालेलाई दक्षिणपन्थी एवं बिसर्जनवादी हमलाबाट जोगाउँदै विघटन हुन नदिने जिम्वाेरीबोधका साथ अघि बढ्न भनिएको छ। राष्ट्रिय भेलापछि  यो पक्षले एमालेका प्रदेश, जिल्ला कमिटीहरू विस्तार तथा पुनर्गठनको काम गरिरहेको छ।

Advertisement

https://drive.google.com/file/d/1TcbMexdbXildm75TpPiqv4aefvFnZs5f/view