April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

माओवादी छाडेर एमाले गएका लुम्बिनीका २ सांसदको पद खारेज!

4.1K

काठमाडाैं : नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका दुई प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ। एमालेमा गएका भन्दै रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। प्रदेशसभा सदस्यद्वय न्याैपाने र पन्थीको कारबाहीबारे पत्र आएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 

प्रदेशसभा नियमावली १९० अनुसार पत्र आएको र अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने पुनले बताए। ‘पत्रअनुसार  सभामुखले तोक लगाउने हुँदा प्रक्रियाअनुसार कारबाही बढ्ने पनि उनले बताए।

सदस्यद्वयलाई कारबाही भए उनीहरूको पद खारेज हुने व्यवस्था छ। एमाले प्रवेश गरेपछि उनीहरूलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर त्यसको एक साता बितिसक्दा पनि जवाफ नआएपछि कारबाही गरिएको माओवादीले जनाएको छ। 

Advertisement

तपाईंलाई पार्टीले कारबाही गर्‍यो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रदेश सांसद पन्थीले भने, ‘हाम्रोतर्फ ओके नै भनेका हाैं। हामीले त्यसलाई आवश्यक ठानेनाैं, हामी राजनीति गर्ने मान्छे हो। यो एउटा राजनीतिको एउटा सेक्टर हो। यो सबै थोके होइन।’

उनले थपे, ‘भोलि अर्को भूमिका होइन्छ। प्रचण्ड कमरेडले पार्टी एकता गर्नु भो। उहाँ छाडेर जानुभो। हामी एकता छाडेर भागेनाैं। जनताको लागि हिँडेको मान्छे हाैं। हामी आन्दोलनमा छाैं।’

उनले यसलाई (कारबाहीलाई) खासै महत्व नै नदिएको र पुराना साथीहरूसँग सम्बन्ध बिग्रिन्छ भन्ने पनि नलागेको बताए। साथै उनले अब आफ्नो बाटो तय गरिसकेको पनि बताए। 

त्यस्तै अर्का सांसद न्याैपानेले भने, ‘अब यसमा उहाँहरू उत्तेजित हुनुभो। हामीले निर्वाचन जितेको हो। उहाँहरुको निगाहामा भएका हाैइनाैं। मेरो क्षेत्रमा उहाँहरूको जमानत हुन्छ। हामी लड्छाैं। पार्टीमा रहने कुरा भएन। राष्ट्रियताको पक्षमा रहेका थियाैं। पद जोगाउन आत्मसमर्पण गरिँदैन। उनले थपे, ‘हिजो पार्टी एकता भएको थियो। हामीले सरकार ढाल्न हुँदैन भनेका थियाैं। पार्टीको पक्षमा निरन्तर उभिएका थियाैं। कारबाही भोग्न तयार छाैं।’