November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

4.5K

काठमाडौं–नेकपा एमालेको झलनाथ खनाल–माधव नेपल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीले गरेको कारबाहीको विषयमा छलफल हुने बताइएको छ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे तथा घनश्याम भुसाललाई कारबाही गरेपछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने उक्त समूहका एक नेताले बताए।

पार्टीले साेधेकाे स्पष्टीकरणमा चित्तबुझ्दो  जवाफ नआएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई  ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेका हुन्।

Advertisement

बैठकमा सबै जिल्ला तथा जनवर्गीय संगठनमा समानान्तर कमिटीलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।