November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बालुवाटारमा बस्ने संसदीय दलको बैठकमा माधव समूहका सांसद सहभागी हुने

2.7K

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद पनि सहभागी हुने भएका छन्।

दिउँसो ३ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसद उपस्थित हुने भएका हुन्। यसअघि ३८ सांसद बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्।

माधव पक्षीय सांसदद्वय कल्याणी कुमारी खड्का र गंगा चौधरी (सत्गौवा) ले बालुवाटारमा हुने बैठकमा सहभागी हुने जानकारी दिएका छन्।

Advertisement

‘दलको नेताले केपी ओली हो,’ सांसद चौधरीले भनिन्, ‘उहाँले बोलाएको बैठकमा नगएर कहाँ जानु? एमालेको सांसद भएपछि आफ्नो दलको बैठकमा त जान्छु नि।’ आफन्त बिरामी भएकाले अघिल्लोपटक बैठकमा सहभागी भएर छिटो निस्किएको उनले दाबी गरिन्।

यसअघि चेत ५ गते प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले बोलाएको बैठकमा जाने\नजाने विषयमा माधव पक्षमा विवाद भएको थियो। नेपाल पक्षले बालुवाटार जान निस्केका आफ्ना सांसदलाई बीच बाटोबाटै फर्काएको थियो।