काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिइरहेको आरोप नेपाली कांग्रेस नेता गगन थापाले लगाएका छन्।
उनी रहेसम्म संसद बन्दी बनिरहने र यसको अपमान बढिरहने पनि उनको भनाइ छ। उनले भने, ‘जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ । किनकि, प्रधामनामन्त्रीलाई यो संसदसँग बदला लिनु छ।’
‘जनताले यसको हिसाबकिताब गर्नेछन्,’ उनले भने, ‘ यो संसद् र सांसदको अपमान यो लोगो लगाउने केहीको अपमान तिरस्कमार र उपेक्षा होइन। यो ती जनताको अपमान हो जसले संसद बनाए, जसले सांसद बनाएको छ हामीलाई। यसको बदला जनताले लिनेछन्।’
यसो भनेका थिए गगन थापाले
कहिले प्रश्न छल्न हठात् बैठक स्थगित, कहिले पार्टी भित्रको बिरोधी तह लगाउन संसद भंग। अनि, अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थपित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च। यो विधेयक अधिवेशन हो। हामी काम गर्न तयार छौँ। एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने तर, संसदलाई एउटा विधेयक पनि नदिने।
अनि, विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने। हामी स्पष्ट छौँ, जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अक्षै बढ्दै जान्छ। किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ। हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौँ। बाँकी जिम्मा जनताको हो।
यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछ। किनकि यो संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको अपमान, तिरस्कार र उपेक्षा हैन। यो ती जनताको अपमान हो, जसले यो संसद बनाएको छ।