April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

एमालेले माग्यो पार्टीको रकम हिनामिना गरेको विषयमा भीम रावलसँग जवाफ

1.8K

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलमाथि पार्टीको रकम हिनामिना गरेको विषयमा जवाफ मागिएको छ ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा कार्यकर्ताको दुःख र मेहनतले जम्मा गरेको रकम दुरुपयोग गर्न प्रत्यक्ष भूमिका खेलेको भन्दै स्पष्टिकरण सोधिएको छ ।

mostbet

पत्र भनिएको छ, ‘पार्टी विधानको धारा ४९ (क) १२ मा उल्लेखित पदीय आचरण वा पार्टी हित विपरित आर्थिक अनुशासनसहनिता वा पार्टी सम्पतिको हिनामिनामा संलग्न हुन नहुने प्रावधान विपरित पार्टीको सम्पति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई पार्टी कार्यकर्ताको दुःख मेहनतले जम्मा गरेको रकम दुरुपयोग गर्न/गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेल्नुभएको हो ? ’

Advertisement

त्यस्तै उनीमाथि साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन शत्रुतापूर्ण आरोप तयार गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हित विपरित कार्य गर्नुको कारण के हो ? भन्दै जवाफ माग गरिएको छ ।

पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष र महासचिवद्वारा मितित २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरु निरन्तर गर्न लागिरहनु भएको, विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरको भेला गरी समानान्तर संगठन निर्माण गर्न उक्साई अनातिकृत रुपले विभिन्न कार्य गरी गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?’