लण्डन – नेपाली कांग्रेसका स–महामन्त्रि प्रकाश शरण महतले कम्युनिष्ट सरकारले काम भन्दा पनि कुरो बढी गर्ने बताएका छन् ।
पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान (अन्तराष्ट्रिय शाखा) ले आयोजना गरेको अन्तराष्ट्रिय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस पार्टीको राजनीतिक तथा सामाजिक रुपान्तरणमा आफ्नो धारणा राख्दै यसो बताएका थिए ।
संविधानमा विदेशमा बस्ने नेपालीहरुलाई जोडिराख्नु पर्छ भनेर संविधानमा राजनैतिक अधिकार बाहेक सबै अधिकार दिने निर्णय भए तर तर कानुनमा रुपान्तरण हुन नसकेको उल्लेख गर्दै– “नेपालमा अहिले कम्युनिष्ट सरकार छ, कम्यनिष्ट सरकारले कुरो धेरै गर्छ काम गर्दैन । मनोरञ्जन धेरै दिन्छ तर देशलाई कसरी रुपान्तरण गर्ने, कसरी नेपाली जनताको जीवनस्तरलाई उठाउने र कसरी लोकतान्त्रिक मूल्य र मान्यतालाई नेपालीको जीवन पद्दतिलाई कसरी अगाडि बढाउने भन्ने तर्फ कम्युनिष्टको चासो छैन । कम्युनिष्टलाई राजनीति भनेको कलाकारहरुले मनोरञ्जन दिन प्रस्तुती दिए जस्तो भएको छ ।” उनले भने
प्रवासीहरु नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा लागि परेको उल्लेख गर्दै- “नेपालको जुन गाउँ–ठाउँबाट जानुभएको छ विदेशमा गएर आफ्नो घर उतै बसाल्नु भएका छ, आम्दानी गर्नुभएको छ, शिक्षा र सिप सिक्नुभएको छ त्यसको केही अंश नेपालमा प्रयोग गरौँ भन्ने भावनाले उत्प्रेरत हुनुहुन्छ ।” विदेशमा बस्ने नेपालीले नेपालको जलस्रोत, उद्योग व्यवसाय जस्ता विभिन्न क्षेत्रमा लगानी गर्नाले सामाजिक रुपान्तरण नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रलाई रुपान्तरण गर्न क्रमबद्धशिल भएको बताए ।
कम्युनिष्टले चलाएको प्रपोगण्डा पराष्त गर्न जरुरी रहेको बताउँदै उनिहरुकै प्रपोगण्डा बाट नेपाली कांग्रेस प्रभावित भई कांग्रेसको नेतृत्वलाई एक अर्कालाई तल–माथि झार्ने, अर्को खराब म ठिक छु भन्ने जस्ता कुरा नगरी कांग्रेस अगाडी बढ्नु पर्नेमा जोड दिए । यस्तो कुराले लोकतान्त्रिक बलियो नहुने, नेपाली कांग्रेस बलियो नहुने नेपाली कांग्रेस बलियो नभएपछि नेपालमा समृद्धि र विकास पनि नहुने समेत उल्लेख गरे । आउने निर्वाचनमा नेपाली कांग्रेसलाई उठाउन जरुरी भएको बताउँदै “कम्युनिष्ट रोल नेपाली जनताले देखे, हिजो आकाश-पाताल जोड्ने नारा लिएर जनतालाई विश्वास दिलाएर निर्वाचित भएर आयो । नेपाली जनताले कम्युनिष्टको सत्ता अनुभव गर्न पाए । जनताले बुझ्दै छन् नबुझेकालाई हामी बुझाउँछौँ अर्को निर्वाचनमा नेपाली कांग्रेस सचेत हुनुपर्छ । साढे दुई वर्षसम्म यो संसद टिक्छ टिक्दैन थाहा छैन । अन्योलग्रस्त छ ।” उनेले भने
सरकार बनाउन नेपाली कांग्रेससँग अंकगणित नभएको र अंकगणित आफुसँग नभएपछि सरकार बनाउन नसकिने बताए । वर्तमान अवस्थामा हात खुट्टा बाँधर नेपाली कांग्रेस नेतृत्वमा जादैँन । आगामी निर्वाचनमा नेपाली कांग्रेसले जित्नपर्ने र एक्लै बहुमतका साथ जित्नुपर्ने त्यसका लागि संसरभरका साथीहरु तयार हुन आग्रह गरे । कांग्रेसको सरकार भएपछि मात्रै नेपालमा लगानीको वातावरण बन्ने बताउँदै विदेशमा रहेका नेपालिहरुका लागी नेपाली कांग्रेसले अधिकार सुनिश्चित गरी कार्यन्वयन गर्न लागी पर्ने समेत बताए ।
कार्यक्रममा देश–विदेशमा रहेका नेपालीहरु एकिकृत भएर पार्टीको महाधिवेशन सफल पार्न समेत आग्रह गरे ।