April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कांग्रेसले सरकार बनाउने कुरा निर्णायक भएको छैनः विमलेन्द्र निधि

5.6K

लण्डन – नेपाली कांग्रेसका उपसभापति तथा प्रशिक्षण अनुसन्धानका प्रमुख विमलेन्द्र निधीले मिडियाले जे–जे भनेपनि आफ्नो पार्टी (नेपाली कांग्रेस)ले सरकार बनाउने कुरा निर्णायक नभएको बताएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान (अन्तराष्ट्रिय शाखा) ले आयोजना गरेको अन्तराष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । जुम मार्फत भएको कार्यक्रममा नेता निधीले नेपाली कांग्रेसका ६१ जना संसद प्रतिनिधिहरु रहेको १६५ वटा निर्वाचन क्षेत्रमा २३ जनाले मात्रै प्रत्यक्ष निर्वाचन जितेमा २१ रहेको बताए र समानुपातिकमा ६१ जना नेपाली कांग्रेस, ४९ जना नेकपा माओवादी र जसपाको ३२ जना गरी तिनवटाको मिलाउदाँ १४२ हुने र सरकार बनाउनको लागि १३८ चाहिने बताए ।

नेता निधीले कार्यक्रममा सम्बोधन गर्दै देशको राष्ट्रिय राजनीतिक परिवेशमा संसद विघटन हुनु असान्दिर्भिक र अलोकतान्त्रिक कदम भएको बताउँदै अदालतले संसद पुर्नःस्थापना गरे पनि पुर्नस्थापित संसदले जुन काम गर्नुपर्ने हो त्यो गर्न नसकेको जनाए । उनले भने– “प्रतिनिधि सभा त पुर्नःस्थापना भयो तर जुन सरकारले र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको छ त्यो प्रधानमन्त्रीले संसद पुर्नःस्थापना भैसकेपछि संसदीय प्राणालीको विश्वव्यापी मान्यता अनुसार संसदमा गएर मैले यो–यो कारणले गर्दा संसद विघटन गरेको थिए भनेर प्रधानमन्त्रीले आफ्नो औचित्य राख्नुपर्ने थियो । प्रधानमन्त्रिले, मेरो निर्णय अदालतबाट बदर भएर आएको छ त्यसकारण ‘मैले संसदको नेतृत्व गर्न र सरकारको नेतृत्व गर्न औचित्यता छैन’ भनेर राजिनामा दिनुपथ्र्यो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव आउँदैछ भनेर चर्चा गरेर नेपाल कम्युनिष्ट पार्टी भित्रैबाट प्रधानमन्त्रि ओलीलाई हटाउने प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको सामुहिक अभ्यास हो ।”

Advertisement

प्रधानमन्त्री ओली पदमा आशिन भएदेखि ३ वर्षसम्म विभिन्न काम र सन्दर्भमा यो सरकार असफल भएको छ नैतिक रुपमा र राजनीतिक रुपमा शासन गर्ने अधिकार छैन भनेर नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले गम्भिर छलफल भएर हामिले निर्णय गरेका थियौँ, उनले भने ।

अविश्वासको प्रस्ताव नआएको र पार्टी विभाजित भएको कुरालाई जोड्दै नेपाल कम्युनिष्ट पार्टी आफै विभाजित नभएर अदालतको निर्णयबाट विभाजित भएको बताए । प्रधानमन्त्रिले राजिनामा नदिएपछि यो प्रतिनिधि सभा पुर्नस्थापित भएपनि निरर्थक रहेको उनेको टिप्पणी छ । प्रतिनिधि सभामा सबैभन्दा महत्वपूर्ण दलिय गतिविधिको निर्णायक भूमिका रहने त्यो नै नरहेपछि यो सरकार निरर्थक हुने दलिय गतिविधि भएको भए यो सरकार दुई वर्षसम्म चल्न सक्ने उनको भनाई थियो ।

देशमा हुने आगामी चुनाव देश भित्र र देश बाहिरका साथीहरुलाई आग्रह गर्दै नेता निधीले भने “अब आउने चुनावमा यो तरिकाको भ्रममा नपर्ने र देश विदेशमा रहेका सम्पूर्ण साथीहरुले आउने चुनावमा रुख चिन्ह्रमा भोट दिन आग्रह गर्छु ।”

अब हुने चुनावमा कांग्रेसले नजिते लोकतन्त्र विरोधी शक्तिहरु प्रतिनिधि सभामा राज गर्ने र देशमा अराजकता फैलाउन सक्ने समेत चेतावनी दिए ।