April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

2.3K

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने बताइएको छ।

बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको एक नेताले बताए। सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाटऔपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुनेछ।

mostbet

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पार्टीमा आन्तरिक सहमति बनेपनि औपचारिक निर्णय गरिएको थिएन।

Advertisement

यसअघि आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। 

नयाँ समीकरण बनाएर सत्ता  सहकार्य गर्ने विषयमा कांग्रेस दुई समूहमा विभाजन भएको छ।