January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

3.4K

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

पाैडेलका अनुसार बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछन्। आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।

mostbet

पौडेल पक्षले कांग्रेस अनिर्णित बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ। पौडेलले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने बताएका छन्।

Advertisement