January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

दक्षिण एसियाकै खुशी देशको सूचीमा नेपाल

4.4K

काठमाडौं – नेपाल दक्षिण एसियाकै खुशी देशको सूचीमा अटाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।

सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो ।

सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको थियो । कूल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्था अध्ययनको सूचक मानिएको थियो ।

Advertisement

फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ ।