November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले संसदीय दलको बैठकमा गएनन् गौतम

3.8K

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा एकता अभियान चलाइरहेका नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा  ओलीले बोलाएको संसदीय दलको नजाने भएका छन्।

बैठकमा आउन प्रमुख सचेतक विशाल भट्टराईले फोन गरेको र आफू बैठकमा  नआउने  जवाफ गौतमले  दिएको एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए। पार्टी विभाजन तर्फ उन्मुख भएको बेला गौतमले भने दुवै समूहलाई मिलाउने भन्दै एकता अभियान चलाइरहेका छन्। 

गौतम पत्नी तुलसा थापा भने  प्रतिनिधिसभा समानुपातिक सांसद हुन्।  उनी भने आफू बैठकमा सहभागी हुन बालुवाटार गइरहेको जानकारी छ ।

Advertisement

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको खनाल नेपाल समूह भने सहभागी नहुने जनाएको छ।