November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘आवश्यकत्ता पर्यो भने सरकार बनाउन तयार छ कांग्रेस’- कांग्रेस नेता लेखक

2.3K

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले मुलुक अन्यौलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै रहेको टिप्पणी गरेका छन् ।

उनले भने,‘मूल कारण नेकपा हो । नेकपा जनताबाट जुन विश्वास र आस्थाको आधारमा जुन मत लिएर आयो, तर उसले जनतालाई त्यो आस्था र भरोसा दिन सकेन् । उसको आपसी द्धन्द्धले अन्यौल भयो । नेकपाको कारण मुलुकको आज यो अवस्था सिर्जना भयो ।’

उनले अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुंदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे ।

Advertisement

उनले भने,‘कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्छ भनेर विचार उठेको छ । अर्को, कांग्रेस सरकारमा जानै हुन्न भन्ने पनि विचार उठेको छ । हामी प्रतिपक्षी दल हो । हामी त प्रतिपक्षमा पांच वर्ष बस्न तयार थियौं । सरकार चलाउनुपर्ने, जनादेश ल्याएको पार्टी, जनताप्रति उत्तरदायी हुन सकेन भने । ठिक सरकार दिन सकेन भने सरकार बनाउनुपर्ने पार्टी असफल भएपछि प्रतिपक्षी दलले सरकार बनाउने हो । सरकार बनाउने कुरामा कांग्रेसले बनाउंछ आवश्यकत्ता पर्यो भने सरकार बनाउन तयार छ । तर, परिस्थिति परिपक्व हुनुपर्छ ।’