April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्थानीय तहमा निषेधाज्ञा

2.6K

महेन्द्रनगर–केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला संक्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।

यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन भइरहेका थिए। तर, शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि केही विद्यालय पुनः बन्द भएका छन् ।

त्यसैगरी दुई दिनअघि भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । 

Advertisement