November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आजबाट ‘वृहत हतुवागढी साहित्य उत्सव–२०८२’ हुँदै

790

हतुवागढी कवि लेखकहरूको गन्तव्य बनाउन चाहन्छौंः अध्यक्ष विश्वजित चाम्लिङ राई

भोजपुरको हतुवागढी गाउँ पालिकामा आजबाट ३ दिने ‘बृहत् हतुवागढी साहित्य उत्सव –२०८२’ सुरु हुँदैछ ।

पात्लेपानी कला÷साहित्य प्रतिष्ठान, हतुवागढी–८ द्वारा आयोजित सो उत्सवको उद्घाटन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गर्नुहुनेछ । उत्सवमा आज र भोलि हुने गजल कार्यशाला हुनेछ । उक्त कार्यशालाको निम्ति ३० जनाभन्दा माथिको प्रशिक्षार्थीहरूको सहभागिता रहेको प्रतिष्ठानका सचिव अर्जुन राईले बताए । उक्त गजल कार्यशालालाई प्रशिक्षकद्वय प्रख्यात गजलकारहरू रोमु अधिकारी र अच्युत भट्टराईले सहजीकरण गर्नेछन् ।

Advertisement

३ दिनसम्म चल्ने उत्सवमा लघुकथा प्रतियोगिता, एकल कविता वाचन, पुस्तक लोकार्पण, सम्मान समर्पण, पर्यटन र साहित्यसम्बन्धि विमर्श, तथा हतुवागढी सिर्जना उत्सव अन्तरगत स्थानीय तथा ख्याति प्राप्त कवि, गजलकारहरूले सिर्जना प्रस्तुत गर्ने प्रतिष्ठानका अध्यक्ष बिस्वजितत राईले जानकारी गराए । उत्सवका विभिन्न सेसनहरूका वक्ता, कवि, गजलकार, समालोचकहरूको आगमन हिजैबाट सुरु भएको समेत आयोजकले जानकारी दिएका छन् ।

हामीसङ्गको कुराकानीमा प्रतिष्ठानका अध्यक्ष बिश्वजित चाम्लिङ राईले आफुहरू हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन लागिपरिरहेका छौँ । आजसम्म हामी सफल पनि भैरहेका छौँ । उनले भने “विगत ७० सालबाट यही अभ्यासमा जुटिरहेका छौँ । हाम्रो अगुवाइमा सयौं कवि लेखकहरूको हतुवागढीमा आगमन भैसकेको छ । भने यहाँका कला सस्कृति र पर्यटनसम्बन्धि अध्ययन र अनुसन्धानमा पनि आगन्तुक पाहुनाहरूले गरिरहेको छ । स्मरणीय छ पात्लेपानी कला साहित्य प्रतिष्ठानले साना ठूला गरि दर्जनौं कार्यक्रमहरूको सफल आयोजना गरिसकेको छ भने हतुवागढीमा साहित्यिक महोत्सवको आयोजना गर्ने पहिलो संस्था पनि सोही प्रतिष्ठान नै रहेको छ ।”