काठमाडौं । कवि प्राडा गोपी उप्रेतीको कवितासङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’ माथिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघले आयोजनामा आइतबार अनामनगरस्थित डालो रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न गरेको हो ।
संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले प्राडा उप्रेतीको कवितासङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’को चर्चा गर्दै प्रकृति र मानव जीवनको महत्व माथि प्रकाश पारे । उनले पर्यावरणीय साहित्यको औचित्यको उल्लेख गर्दै यस संग्रहले दिन खोजेको सन्देशबारे आफ्नो गम्भीर मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रममा साहित्यकारहरू कृष्ण बाउसे, डा दामोदर पुडासैनी र मन्जिला अनिलले पनि उक्त संग्रहबारे आआफ्नो राखेका थिए ।
कार्यक्रममा इतिहासविद् प्राडा सुरेन्द्र के.सी., मानवअधिकारकर्मी सुशील प्याकुरेल, कृतिकार कवि प्राडा गोपी उप्रेती र अध्यक्ष लेकालीले पनि आआफ्नो धारणा राखेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार समितिका निवर्तमान अध्यक्ष कवि गोपी उप्रेतीले हालै ‘नोम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएका थिए ।
सर्जक कमला रिसाले संचालन गरेको कार्यक्रममा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकारहरु मदनप्रसाद नेपाल, युवराज नयाँघरे, बिटु के.सी., प्राडा गोविन्दमान सिंह कार्की, विजयध्वज थापा, नरेन्द्रराज पौडेल, विमल भौकाजी, सुमन बैरागी पण्डित, विनोद नेपाल, एन.बी. अन्जान, राजेश खनाल, सन्ध्या पहाडी, भगवती बस्नेत, शान्ता बस्नेत, वसन्त वित्यासी, तेजप्रकाश श्रेष्ठ, सुधा शर्मा, दिव्य गिरी, क्रान्ति पराजुली, राजन न्यौपाने, रुद्र अधिकारी, डी. आर., सन्तोष श्रेष्ठ, रमेश दाहाल, ललिता दोषी, ध्रुव मधिकर्मी, सौदमिनी चालिसे, जीवनकुमार श्रेष्ठ, नरहरिप्रेमी, प्राज्ञ नन्दु उप्रेती, प्रमोद सारङ, ममता मृदुल, बीरेन्द्र पाठक, भूषण खरेल, रवि प्रान्जल, दिलीप श्रेष्ठ, उषा के. सी., डा. शोभा ढुंगाना, ममता कार्की, हरिश कल्पित, मुकुन्द पौडेल, नारायणकुमार आचार्य, गणेशप्रसाद घिमिरे, गौरव अधिकारी, विष्णु ओली, हरिहर दवाडी, भीमराज ढकाल, कल्पना प्रधान श्रेष्ठ, नारायणप्रसाद शर्मा फुयाल, हरि कोकिली, बाबुकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।