April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

रमेश खनालको ‘युद्धमा बिलाएको सपना’ लोकार्पित

२०८१ कार्तिक २४

1K

काठमाडौं । कथाकार रमेश खनालको कृति ‘युद्धमा बिलाएको सपना’ लोकार्पण भएको छ । शनिबार साहित्यिक पत्रकार संघको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार केके कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

लोकार्पित लघुकथा कृति ‘युद्धमा बिलाएको सपना’बारे समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गरेका थिए भने साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान पनि गरिएको थियो ।

Advertisement

कार्यक्रममा कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कर्माचार्य, अध्यक्ष लेकाली र कृतिकार खनालले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा दिव्य गिरी, श्रीराम राई, डा. बुनु दाहाल, राधेश्याम मुल्मी, डा. सुमी रिमाल, प्रा. डा. श्रीरामप्रसाद उपाध्याय, नीरा श्रेष्ठ महर्जन, श्रीमती रिता खनाल, विनोद गुप्ता, सन्जु प्रधान मास्के, सगुन भण्डारी, सुस्मिता कार्की, कोमल श्रेष्ठ, कृति राउत, दीक्षा चौधरी लगायत साहित्यकार र कलाकारको उपस्थिति रहेको थियो ।