राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित “दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार ” बिर्तामोडमा एक कार्यक्रमका बीच भारत दार्जिलिङ सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ ।
शुक्रबार बिर्तामोडमा आयोजित नेपाल भारतका कवि साहित्यकारहरूको बृहत उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई स्वागत गर्दै कवि सुन्दर कुरूपले दिव्यबिक्रम नेम्बाङ लोकतान्त्रिक योद्धा र साहित्यकार भएको बताए ।
दिव्यविक्रम नेम्बाङको योगदान माथि बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले नेम्बाङ शिक्षासेवी पनि भएको बताए ।
पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता बिष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन्। पुनियानीले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्य विक्रम नेम्बाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने बताए ।
कार्यक्रममा भारतलगायत नेपालका कवि चन्द्र गुरुङ, प्रदिप मेन्याङ्बो , लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसी लगायतले आफ्नो रचनावाचन गरेका थिए ।