April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रथम मगर साहित्य महोत्सव आयोजना हुने

965

बुटवल । रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव आयोजना हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ मा ‘आफ्नो कथा आफै लेखौं’ नारासहित महोत्सव हुन लागेको हो ।

शनिवार बुटवलमा मगर अगुवा, लेखक, बुद्धजिवी, स्वास्थ्यकर्मी, मगर संघ सम्बद्ध केन्द्रीय तथा प्रदेश र जिल्लास्तरका पदाधिकारी र अध्येताहरुबिच बुटवलमा एक कार्यक्रमको आयोजना गरी महोत्सवबारे जानकारी गराइएको हो ।

महोत्सवमा मगर भाषाका कविता प्रतियोगिता, विभिन्न विषयमा बहस, मगर अग्रजहरुको चित्रकला प्रदर्शनी, सांस्कृतिक ¥याली, पुस्तक पर्दशनी, कृति बिमोचन र मगर भाषाका आदीकवी जित बहादुर सिंजाली मगर साहित्य पुरस्कार घोषणा र गोरे बहादुर खपाङ्गी सामाजिक योगदान पुरस्कारको घोषणा कार्यक्रम समेत गरिने भएको छ ।

Advertisement

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष दल बहादुर बिरकट्टाले सम्मेलन मगर समुदायको वारेमा रहेका भ्रमहरु हटाउन महोत्सव फलदायी हुने चर्चा गरे । अन्य भाषा साहित्य सम्बन्धी महोत्सव तथा सम्मेलन संचालन हुँदै आएको भएपनि मगरजातीको आफ्नै भाषा, साहित्य र कलाको उन्नयनका लागि पहिलो पटक मगर साहित्य महोत्सव हुन आफैमा गर्विलो चुनौतीको बिषय भएको विरकट्टाले उल्लेख गरे ।

महोत्सव पछि मगर जातीका लेखक, अन्वेषक, चिकित्सक, इतिहासविद, राजनीतिज्ञ, कलाकार तथा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुले आफ्नो समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा कलम चलाउने उत्प्रेरणा जगाउने विरकट्टाले बिश्वास व्यक्त गरे ।

मगर समुदायको सांस्कृतिक पुनरुत्थान, बौद्धिक क्षेत्रमा सहभागिता, साहित्यक सिर्जनामा जोड दिने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले बताइन् । आफ्नो इतिहास आफै लेख्नु पर्छ र आफ्नो बारेमा लेख्न पनि भाषा, सिप र बिषयबस्तुको ज्ञान आवस्यक पर्ने भएकोले महोत्सव संचालन पछि हामी भित्र रहेको कला, प्रतिभा र कमजोरीहरू समेत थाहा पाउन पनि अनेक चुनौती हुँदाहुँदै पनि हिम्मतका साथ महोत्सवको आयोजना गरिएको अध्यक्ष थापा मगरले बताइन् ।

आयोजक समिति सदस्य जेबी दर्लामीको संचालनमा भएको कार्यक्रममा प्रचार संयोजक यम रानाले पहिलो मगर साहित्य सम्मेलनबारे प्रस्तावना तथा अवधारणा पत्र प्रस्तुत गरे । मगर साहित्य महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल मगर महिला संघ, रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरको संयोजकत्वमा बिभिन्न क्षेत्रमा संलग्न मगर अगुवाहरु सम्मिलित ४५ सदस्यिय महोेत्सव संचालन मूल आयोजक समिति गठन गरिएको छ ।

यस्तै, पहिलोपटक मगर साहित्य महोत्सवको आयोजना हुने खबरले मगर साहित्यकर्मी, साहित्यप्रेमी तथा पाठकहरुलाई उत्साहित बनाएको हङकङ संयोजक कवि जुनू रानाले बताइन् ।