November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वरिष्ठ सर्जक गणेश रसिक अभिनन्दित

835

काठमाडौं । साहित्य चौतारी झापा, नेपालले शनिबार डालो रेस्टुरेन्ट, काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गरेको छ । सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गरेका थिए ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाको रजत महोत्सवमा अभिनन्दित सर्जक एल पी जोशी (लक्ष्मीप्रसाद जोशी) र साहित्य चौतारी झापाले अभिनन्दन गरेको नेपाली सङ्गीतिक आकाशका धरोहर गुरुदेव कामतप्रति श्रद्धाञ्जली पनि ग¥यो ।

साहित्य चौतारी झापाको संरक्षक÷सचिव गौरव श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अभिनन्दित सर्जक गणेश रसिकको व्यक्तित्वको बारे वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले प्रकाश पारेका थिए ।

Advertisement

कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सङ्गीतकार एवं गायक लोचन भट्टराई, सर्जक मथुरा श्रेष्ठ, अभिनन्दित सर्जक गणेश रसिक, प्रमुख अतिथि माननीय कुलपति नारदमणि हार्तम्छाली, कार्यक्रमका अध्यक्ष एवं संस्थाका संरक्षक÷सचिव गौरव श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
संस्थाका काठमाडौं सल्लाहकार संयोजक एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेको सो कार्यक्रममा इनेप्लिज डट कम का विश्व थापालाई स्वागत सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा चर्चित सङ्गीतकार, गायक बुलु मुकारुङ, शिशिर योगी, नरहरी प्रेमीले अभिनन्दित सर्जक गणेश रसिक, दिवङ्गत सर्जकहरु एल पी जोशी (लक्ष्मीप्रसाद जोशी) र गुरुदेव कामतको गीतहरु गाएका थिए ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, वरिष्ठ आख्यानकार किशोर पहाडी, सङ्गीतकार एवं गायक लाक्पा शेर्पा, साहित्यिक पत्रकार एवं सर्जक जयदेव गौतम, बासुशशी स्मृति परिषद प्रद्युम्न जोशी, संचारकर्मी एवं कवि डा. टंक उप्रेती, साहित्यकारहरु डी. आर. राई, यादव भट्टराई, रुद्र अधिकारी, सुदर्शन श्रेष्ठ, श्याम प्रधान, केशवप्रसाद पराजुली, पारशप्रकाश नेपाल, सरस्वती गौतम, संगीतकार एवं गायकहरु लाक्पा शेर्पा, रानु निरौला तथा राधिका गौतम, गर्व श्रेष्ठ, आदित्य विमली लगायतको उपस्थिति रहेको थियो ।

२०५५ सालमा म्युजिक नेपालले नेपाली साहित्यको उर्वराभूमि दार्जिलिङमा रामायण वाचनको कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा नेपालबाट म्युजिक नेपालका संस्थापक सन्तोष शर्मा, कमलमणि दीक्षित, मदन दीपविम, रमेश खकुरेल, लोचन भट्टराई, देवीभक्त श्रेष्ठ लगायत गएका थिए । दार्जिलिङको कार्यक्रमबाट फर्किएपछि नै साहित्य चौतारीको स्थापना भएको हो ।

राष्ट्रकवि माधव घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानको तत्कालीन उपकुलपति हुँदा २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको उद्घाटन गर्नु भएको थियो भने आज सम्मानित हुनुहुने वरिष्ठ सर्जक गणेश रसिकले २०५७ मा प्रथम वार्षिकोत्सबको उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा कवि मन्जुल, आभास लगायतको उपस्थिति रहेको थियो ।

साहित्य चौतारी झापाको संस्थापक अध्यक्ष वरिष्ठ संगीतकार शिवशंकर थापा रहनु भएको थियो । वर्तमान अध्यक्षमा देवीभक्त श्रेष्ठ रहेका थिए ।

संस्थाले यसपटक “लोकगीत संगीत एलपी जोशी साहित्य पुरस्कार” स्थापना गरेको छ भने यसअगि भीमबहादुर पंचकुमारी पुरस्कार, धनमाया विमली पुरस्कार, भानुभक्त माधव घिमिरे पुरस्कार, जेवी आले फोटो पुरस्कार, डिकमान विरही पत्रकारिता पुरस्कार र नारायण गोपाल मदन दिपविम पुरस्कार को स्थापना र सचालन गर्दै आएको छ ।

साहित्य चौतारीको रजत महोत्सव २०८१ असार ३१ गते सर्जकहरुलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको थियो । सो अभिनन्दन ग्रहण गर्न छुट्नु भएका वरिष्ठ सर्जक गणेश रसिकलाई आज “अभिनन्दनपत्र“ हस्तान्तरणको कार्यक्रम गरिएको हो ।