काठमाडौ । काव्य घर/झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सदन नेपाल रामहिटी बौद्ध काठमार्डौमा काव्य घर नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतिले व्यानर पढेर उद्घाट्न गरेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले सामुहिक रूपमा कृतिको लोकार्पण गरेका थिए ।
स्रष्टा भट्टराईले २०५७ सालमा लेखेको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो । दोस्रो संस्करण कृतिको बारेमा प्रा.डा देवी नेपाल र प्रा.डा.सीता भट्टराईले बोलेका थिए ।
उक्त कार्यक्रममा प्रा.जगतप्रसाद उपाध्याय,प्रा.डा हेमनाथ पौडेल, प्रा.डा रामप्रसाद ज्ञवाली र अर्जुन ‘बिरक्ती’ ले शुभकामना मन्तव्य राखेका थिए।
प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतिले भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताए। साथै लेखकबाट मन्तव्य दिदै भट्टराईले कृति रचना गर्भका बारेमा प्रकाश पार्दे सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई,अधिकारी विमला,गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना बाचन गरेका थिए।
सोही अवसरमा स्रष्टा भट्टराईका पुत्र सुदृढ पोखरेलको जन्मदिन परेको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो । प्रमुख अतिथिले टीका लगाई शुभकामना दिएका थिए।
आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ,गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमलाई साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राखेका थिए ।