May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

नेपाल, बङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल

910

काठमाडौं । नेपाल, बङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल-बङ्लादेशमैत्री संघ र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल, बङ्लादेश र भारतको राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा भारतबाट आएकी रुमा पर्भिनरा तथा बङ्गलादेशबाट आएकी एम. जाहिरुल इस्लाम खोकोन, बारिस्टर पल्लाब अचार्जी, बारिस्टर केया सेन, मुफ्टी अब्दुल केदेर मोल्लाह, डा. रुबीना हुसेन, एमडी. अब्दुर रज्जक, हसिना परिभन मिनु, नस्रीन अक्तर मिला, डा. एमडी शाहीनूर रहमान शिल्पी, एमडी. हफिजुर रहमान मिलोन, जेवेल रोय चौधरी र एमडी जाने अलामलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको उपाध्यक्षमा निर्वाचित भएवापत साहित्यकार सरिता अर्याललाई टोपी, माला र फूल वर्षासहित बधाई ज्ञापन गरिएको थियो ।

Advertisement

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, र कार्यक्रमका सभापति नेपाल – बङ्लादेश मैत्री संघका वरिष्ठ सल्लाहकार हरिनारायणप्रसाद शाहले गरेका थिए ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वबारे बोल्दै स्वागत गरेका थिए ।

कार्यक्रममा चर्चित गायक एवं संगीतकारहरु शिशिर योगी, गणेश पराजुली, रितु कंडेलले गीत गाएका थिए भने कलाकार रन्जना थपलियाले नृत्य प्रस्तुत गरेकी थिइन् ।

कवि एवं अनुवादक पूनम झाले संचालन गरेको सो कार्यक्रममा पूर्व कृषि मन्त्री अकबर मियाँ, रेखा यादव, प्रकृति संरक्षण कोषका अध्यक्ष प्रा. डा. कृष्ण ओली, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., नेपाल – बाङ्लादेश मैत्री संघ लगायत ढाका बाङ्लादेशबाट प्रकाशित हुने अबाक पृथ्वीका प्रधान सम्पादक जाहिरुल कोजोन र कोलकाता जडाभपुर युनिभर्सिटीकी रुमा पर्भिनाराले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा साहित्यिक पत्रकार संघकी सचिव नीता श्रेष्ठ, सदस्य डा. बुनु दाहाल, कवि दुर्गा दृशीले अतिथिहरुलाई खादा लगाएर स्वागत गरिएको सो कार्यक्रममा प्रमुख अतिथिसहित वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के.सी., रेखा यादव, अकबर मियाँ, पूर्व कृषि मन्त्री लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।