November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डा.चित्र माबोको पहिलो कथासंग्रह ‘डोलीभर्ना’ विमोचन

1.5K

काठमाडौं । डा.चित्र माबोको पहिलो कथासंग्रह ‘डोलीभर्ना’ विमोचन भएको छ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका मावोको संग्रहलाई शुक्रबार काठमाडौंको कमलादीस्थित एक कार्यक्रमवीच विमोचन गरिएको हो ।

संग्रहलाई प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवालगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

उक्त कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राखेका थिए ।

Advertisement

यस सङ्ग्रहले सामाजिक सद्भाव, समसामयिक विषय र लिम्बू जातिको संस्कार संस्कृति संरक्षण तथा उजागर गर्नमा टेवा पुर्‍याउने गरी लेखकले मिहेनत गरेकाे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूको भनाइ थियो।

नेपाली साहित्यमा बिद्याबारीधि गरेका माबोले पूर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर कथा लेखेका छन्।

संग्रहमा १५ वटा कथाहरू संग्रहित छन्। सो कथा संग्रहलाई सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।