November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न

1.4K

काठमाडौं । विश्न नेपाली साहित्य मञ्ज (विनेसाम)ले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ । शनिबार भानुजयन्ती सँगै भर्चुअल माध्यमद्धारा विनेसामले आफ्नो स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यास मार्फत पढिदै आएका पद्मश्री लीलबहादुर क्षत्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

उनले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासङ्घको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका थिए ।

Advertisement

कार्यक्रममा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति, विभाग प्रमुख, प्राध्यापकहरू, विभिन्न देशका महामहिम राजदूतहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, साहित्यिक हस्तीहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
महासङ्घको वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलिगुडी भारतबाट सञ्चालन गरेकी थिइन् ।

प्रविधिमा महासङ्घका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा मनमूर्ति भुर्तेल रसिया थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गरेका थिए ।