June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

कथाकार बादल चाम्लिङ्को ‘चेकेदेम राजारानीको दरबार’ लोकार्पण

1.8K

शसक्त कवि तथा लेखक बादल चाम्लिङ्को कथाकृति भव्य समारोह वीच बेलबारीमा सार्वजनिक गरिएको छ । आइतबार समारोहका प्रमुख अतिथि साहित्यकार मनप्रसाद सुब्बा, कार्यक्रमका अन्य कवि लेखकहरुद्वारा सो कृतिको लोकार्पण गरिएको हो ।

भानु जयन्तीको अवसर पार्दै गत शनिबार बेलबारी नगरपालिकाको बेतना सभाकक्षमा सम्पन्न कार्यक्रममा कवि लेखकहरुको खचाखच उपस्थिति रहेको थियो।

कृति ‘चेकेदेम राजारानीको दरबार’ माथि समालोचक एवम कवि मिश्र वैजयन्तीले बादल चाम्लिङ्को यो नयाँ कथासङ्ग्रह नौलो ढङ्गले आएको बताइन् । उनले बादल चाम्लिङले हामीबाट लोप हुनै लागेको मौलिक नेपाली शब्दहरुलाई उत्थान गरेको बताइन् । उनले भनिन्, ‘यो कृतिको नामनै पृथक छ। सानासाना कुरालाई मिहिन ढङ्गले अध्ययन गरेर मानव समवेदनासँग जोडेर लेख्नु यिनको सबल पक्ष हो ।’

Advertisement

कथाकार बादल चाम्लिङले आफ्नो धारणा राख्दै आफूले हाम्रो पुरातात्त्विक थलोहरुको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने सोचले ‘चेकेदेम राजारानीको दरबार’ कृति ल्याएको बताए । उनले भने, ‘मैले यो कृति लेख्ने क्रममा धेरै उतारचढाव भोगे, कति ठाउँ आँसु थाम्न सकिन, कति ठाउँ खुसीहरु चुमेँ । म सानो मान्छे ठूलो कुरा लेख्न सक्दिन । यही वरपर गाउँघर छर छिमेक र म उभिएको धरातल नै मेरो लेखनको विषय वस्तुहरु हुन् ।’

श्रष्टा समाज बेलबारीले आयोजना गरेको सो कार्यक्रमलाई समाजका सचिव गणेश लामा आँसुले सन्चालन गरेका थिए भने समाजका उपाध्यक्ष तिला लेकालीले स्वागत मन्तव्य राखेको थिए ।

कार्यक्रमलाई समाजका अध्यक्ष गजलकार तथा गीतकार जे.वी. थुलुङ अध्यक्षता गरेका थिए ।