April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डा पुरण राईको कथासङ्ग्रह ‘अस्तु’को परिचर्चा सम्पन्न

735

कथाकार डा पुरण राईको कथासङ्ग्रह ‘अस्तु’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पुस्तकबारे बोल्दै समिक्षक सञ्जीव पौडेलले पुरण राईका कथा लेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू मौलिक, विषयवस्तुको चयन, आख्यान बुनौट शैली र प्रस्तुती प्रशंसनीय रहेको बताए ।

स्रष्टा परिचय दिदै दीपक समीपले डा पुरण राई साहित्यको विविध विधामा उत्तिकै सबलरुपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रुपमा चिनाए ।

Advertisement

प्रमुख अतिथि साहित्यकार सरुभक्तले पुरण राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गरे । कथाकार डा पुरण राईले आफ्नो लेखन पक्षको बारेमा बताउदै लेखकले आफ्नो समाजको लागि केही न केही योगदान दिनु पर्ने बताउँदै आफूले साहित्य लेखनको साथ साथै अनलाइन अभिलेख स्थापना गरी साहित्यको उन्नयनको लागि विविध क्रियाकलाप गर्दै आइरहेको बताए ।

सोही कार्यक्रममा अनलाइन अभिलेख प्रालिले चारजना साहित्यकारहरुलाई ‘अभिलेख सम्मान’बाट सम्मानित गरेको छ ।
सम्मानित हुने साहित्यकारहरुमा सरस्वती श्रेष्ठ सरु, डा ईश्वरमणि अधिकारी, दीपक समीप र सञ्जीव पौडेल रहेका छन् ।

वरिष्ठ साहित्यकार सरुभक्त र अनलाइन अभिलेखका डा पुरण राईले संयुक्त रुपमा साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मानित गरेका थिए ।

पुछारसिटे अभियानका सुरज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम श्रीराम अधिकारी गोर्जेले संचालन गरेका थिए ।