April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार तारा केसी सम्मानित

1.7K

काठमाडौं । साहित्यकार तारा केसी सम्मानित भएकी छन् । साहित्यको विविध विधामा कलम चलाउदै आएकी केसी चारूशीला प्रतिभा पुरस्कार–२०७९ बाट सम्मानित भएकी हुन् ।

चालिसको दशकदेखि नेपाली भाषा ,साहित्यमा कलम चलाउदै आएकी केसीले बालसाहित्य, कविता, मुक्तक, लघुकथा, कथा, नाटक सृजना र विस्तारमा व्यक्तिगत तथा संस्थागत रूपमा दिएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

केसी बाल साहित्य सर्जक, कवि, मुक्तककार, कथाकार एवम् सशक्त नारी हस्ताक्षर हुन् ।

Advertisement

चारूशीला वाङ्ममय प्रतिष्ठानका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा र नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व सदस्य सचिव डा. तुलसी भट्टराई ज्युको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा के.सी लगायत १४ जना स्रष्टाहरू डा. सत्यराज थपलिया,हिरण्यकुमारी पाठक, डा. बिष्णुकुमार खत्री,ममता मृदुल,अर्चितबाबु मर्सिफुल,प्रतिष्ठा के.सी,शशीप्रसाद बजगाई, गीता श्री शर्मा,यशु श्रेष्ठ, आर्या पण्डित, पुष्पा महत सम्मानित भएका थिए ।

संस्थाकी उपाध्यक्ष रञ्जना निरौलाले स्वागत मन्तव्य र संस्थाकी सचिव अनुपम रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सम्मानित स्रष्टाहरूको तर्फबाटडा. सत्यराज थपलिया ज्युले मन्तव्य राखेका थिए ।