काठमाडौं । कवि जूनु रानाको पहिलो कवितासंग्रह ‘रातो नदी’ लोकार्पण हुने भएको छ । संग्रहलाई असार १५ गते शनिबार काठमाडौंका थापागाउँस्थित मण्डला नाटकघरमा एक कार्यक्रमको आयोजना गरी विमोच नगरिने छ ।
कार्यक्रम नयाँ अनलाइन डटकमको आयोजनामा र प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यतामा आयोजना हुने छ ।
कवि जूनु राना हङकङमा रहेर नेपाली साहित्यमा कलम चलाउदै आएकी छन् । उनको कवितामा विषेशतः उत्पिडन, सामाजिक विषमता र विसंगतिहरू र प्रेमभाव पाइन्छन् । उनी कविता अलवा समाजसेवामा समर्पित छन् । उनका विभिन्न साहित्यिक पत्रपत्रिका र वेबसाइटमा फुटकर कविताहरु प्रकाशित छन् ।