March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि पुस्तक आव्हान

1.4K

धरान । कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि पुस्तक आव्हान गरेको छ । समितिको बैठकले ३३ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आव्हान गरेको छ ।

आगामी कात्तिक २४ गते हुने कवि विमल गुरुङको ५३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता समेत आव्हान गरेको संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “कवि विमल गुरुङको स्मृतिमा स्थापित यस कवि विमल गुरुङ स्मृति पुस्तकालय नेपाली वाङ्मयको उन्नयनकालागि स्वदेश र विदेशमा रहेका साहित्य साधक, लेखक, कवि, साहित्यकारहरुलाई सम्मान गर्दै ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आव्हान गर्दछ । कृति पुरस्कार राशी नगद रु.२,०००००।– (दुइलाख रुपैया) सहित ताम्रपत्र रहेको छ । कृति पुरस्कारकालागि सहभागी हुन इच्छुक कवि, लेखक÷साहित्यकारहरुले वि.सं. २०८० तदनुसार सन २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्रको समय सिमा भित्र नेपाली भाषामा प्रकाशित गरेको जुनसुकै विद्याको आफ्नो कृति ४÷४ प्रति निम्न ठेगानामा मिति २०८१ असोज १५ (२०२४ अक्टुबर १) सम्ममा पुस्तकालयमा दर्ता हुने गरी पठाउन आव्हान गरिन्छ ।’

Advertisement

साथै, कवि विमल गुरुङको ५३ औ जन्मजयन्ती तथा ३३ औ राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशमा रहेका कवि साहित्यकारहरु समक्ष नेपाली भाषामा लेखिएका कविता मिति २०८१ असोज मसान्तसम्ममा आइपुग्ने गरी इमेलमार्फत पठाउन आव्हान गरिन्छ ।”

कवि विमल गुरुङ कृति पुरस्कारको राशि नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ ।