April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिक्किमका सिम्योन सुकिता राई बमे ‘द पोएट आइडल’ सिजन २ को विजेता

1.1K

काठमाडौं । ‘द पोएट आइडल’ सिजन २ को विजेता सिक्किमका कवि सिम्योन सुकिता राई बनेका छन् ।

शनिबार भएको द पोएट आइडल सिजन २ को फाइनल एपिशोडबाट राई विजेता घोषित भएका हुन् । उनले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै धादिङकी कव मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेल लगायतले विभिन्न ट्रफी प्राप्त गरेका छन् ।

Advertisement

टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो ।