May 3, 2024, Friday
२०८१ बैशाख २२
1:37:26 pm

छन्द दिवसको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न

565

काठमाडौं । मनोहरा साहित्य समाजले ‘छन्द दिवस’लाई आधार मानेर ८८औं रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल पब्लिक स्कुल पेप्सिकोलामा शनिबार सम्पन्न कार्यक्रममा २६ जना स्रष्टाहरूले सृजना वाचन गरेका थिए ।

दर्जनौ स्रष्टाहरु ७० वर्ष माथिका थिए भने एकाधबाहेक सबैले छन्द कविता वाचन गरेका थिए । कार्यक्रममा कविहरू दिनानाथ पोख्रेल, कृष्ण प्रसाद पौडेल जस्ताघरे, रुद्र अधिकारी, सरीता घिमिरे, डा गणेशराज अधिकारी, सम्पत् काफ्ले, बुद्धिसागर पौडेल, गोविन्द नेपाल, वसन्त रिजाल, भालचन्द्र भन्डारी, धरणीधर गुरागाँई, चन्द्र मादेन आन्छन्, जसध्वोज गुरुङ, राजेन्द्र कुमार बज्रचार्य, दिपक श्रेष्ठ, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, केशवराज ज्ञवाली आघात, आरसी रिजाल, घनश्याम प्रसाई, खोधनाथ चापागाँई, भावना न्यौपाने, भावकिशोर बराल र नुरदेव खनालले देश प्रेम, विकृतिविसंगति र वेथितिको बारेमा आआफ्नो सृजना सुनाएका थिए।

समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्व र गोविन्द घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि आरसी रिजाल रहेका थिए । कार्यक्रम संचालन समाजका सचिव भाव किशोर बरालले गरेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले भने, “समिक्षात्मक टिप्पोणी गर्दा यथार्थ कुरा भन्नै पर्छ । स्वस्थ आलोचना गर्दा साहित्यकार रिसाउनु हुँदैन, त्यस्तो रिसाउनेले यो क्षेत्रमा लाग्नु पनि हुदैन।’

उनले सबै कविताको छोटोछोटो टिप्पणी गरेका थिए भने समाजका उपाध्यक्ष जसध्वोज गुरुङले उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए ।