काठमाडौं । पूर्वसचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा. त्रिलोचन उप्रेतीको आठौँ कृति ‘मैले देखेको नेपाल’ शनिबार सार्वजनिक गरिएको छ । कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाव्रmमलाई प्रस्तुत गरिएको छ ।
एसिया वाटर इन्टरनेशनलद्वारा प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यव्रmममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह, पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइराला, पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि पूर्व न्यायाधीश टोपबहादुर सिंहले २००७ सालको परिवर्तनपछि नेपालमा भारतले माइव्रmोम्यानेजमेन्ट गरिरहेको र पछिल्लो समय चीनले समेत त्यसको सिको गर्दैआएको बताए । उनले पछिल्लो समय पश्चिमा शक्तिको समेत नेपालमा प्रभाव बढाउँदै लगेको चर्चा गर्दै मुलुकको विकासमा सचेत नेपालीले चिन्तन मनन गर्नुपर्नेमा जोड दिए ।
पूर्वसचिव डा.विमल कोइरालाले पुस्तकको समीक्षा गर्दै मैले देखेको नेपालभित्र आपूmले नदेखेको नेपालको चित्र पाएको बताए । उनले पुस्तकमा इतिहास, समाजशास्त्र, राजनीति सबै मिसमास भएर आएको चर्चा गर्दै यसलाई छुट्याउन कठिन भएको बताए ।
यस्तै पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले पुस्तकको चर्चा गर्दै आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक स्थितिको चित्रण कृतिमा गरिएको बताए । उनले भने, “यो मुलुक कसरी बिग्रिएको छ ? कतातिर जाँदैछ ? भन्ने सचित्र वर्णन कृतिमा गरिएको छ ।”
यस्तै, महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले मानवअधिकार र महिला दृष्टिकोणबाट पुस्तकको चर्चा गर्दै शब्दकै हिसाबले भए पनि लैङ्गिक संवेदनशीलतामा पुस्तक सचेत रहेको टिप्पणी गरिन् ।
पुस्तकका लेखक डा.त्रिलोचन उप्रेतीले आफूले भोगेका, देखेका घटनालाई मिहिन ढङ्गले पुस्तकमा उतार्ने जमर्को गरेको बताए । उहाँले कुनै पनि विषयलाई ठीक र बेठीक भनेर छुट्याउन नेपाली समाज असफल हुँदैगएको चर्चा गर्दै तर आपूmले पुस्तक लेख्दा कुनै पनि प्रभावमा नपरी लेखेको जिकिर गरे ।
कार्यव्रmमको अध्यक्ष पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकले नेपाली समाजका विविध पक्षलाई बहसमा ल्याउने बताए । उनले भने, “कृतिमा करिव पाँच दशकको नेपालको अभिलेख छ । यसमा धेरै महत्वपूर्ण सूचना छन् । विश्लेषण र आव्रmोश पनि छन् ।”
कार्यक्रमको उद्देश्यमाथि वाटर एसिया इन्टरनेसनलका सञ्चालक सदस्य पदम तामाङले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण बुद्धि तिमिल्सिनाले गरेका थिए ।