–शान्ती लिम्बु
एक प्यासी–प्यासी यात्री जस्तै
तिमीलाई पाउन म हरदम हिँडन तयार छु
एक निरन्तर बगिरहने नागबेली नदि जस्तै
तिमीलाई पाउन हरदम बगिरहन पनि तयार छु
तिमीलाई कहिले भेटुला ? सुनन ! सुनन !
तिमीलाई कहिले भेटुला ?
म यहाँ भेट्न् आतुर छु
कति विश्वासहरू टुटे
कति बीचमै छुटे
कति सम्बन्धहरू गाँसिए,
कति वसन्तहरू पार गरिए
तिमीलाई पाउने आशामा ।
तिमीलाई कहिले भेटुला ? सुनन ! सुनन !
तिमीलाई कहिले भेटुला ?
म यहाँ भेट्न् आतुर छु
एक प्यासी–प्यासी यात्री जस्तै
तिमीलाई पाउन म हरदम हिँडन तयार छु ।
एक निरन्तर बगिरहने नागबेली नदि जस्तै
तिमीलाई पाउन हरदम बगिरहन पनि तयार छु ।
कति दोभानहरू फुटे
कति बीचमै सुके
कति भेल बनी आए
कति खहरे बनी गए
तिमीलाई पाउने आशामा ।
तिमीलाई कहिले भेटुला ? सुनन ! सुनन !
तिमीलाई कहिले भेटुला ?
म यहाँ भेट्न आतुर छु
हाल, फार्नबोरो, ह्याम्पशायर, यूके