मोरङ । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी– १० स्थित जमुना होटलमा बसेको याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।
अध्यक्ष लिङ्दमसँगै भेलाले उपाध्यक्षमा इन्दिरा नेम्बाङ (पान्थर), सचिव पुष्पहाङ् लोवा (झापा), सहसचिव, कविन तुम्बापो (चौविस धनकुटा), कोषाध्यक्ष, सविता चोङ्बाङ क्याक (सुनसरी) लाई चयन गरेको छ भने सदस्यहरूमा क्रमशः शुक्र आङ्देम्बे (पाटी मोरङ), मञ्जु थेगिम (मुगु), टेकबहादुर सङ्बाहाम्फे (जेफाले मोरङ), लाखमान चोबेगु (केराबारी) शान्ति चेम्जोङ (सिंहदेवी), रविन्द्र केदेम (भरौल), राज सानू चोबेगु (पाटी मोरङ), श्रीमान खजुम (देउराली धनकुटा), सन्देश तुम्बापो (लेटाङ मोरङ), हृदय थेगिम (बसन्तटार धनकुटा), सिक्कुम सुहाङ (केराबारी), कमल चेम्जोङ (साँगुरीगढी धनकुटा), केजी सुब्बा (धनकुटा बजार), टेकवीर युङसाहाङ् (सम्मेवा धनकुटा), राज माङलाक (पान्थर), पूर्ण खजुम (डाँडा बजार) राजभक्त चेम्जोङ (मोरङ) र टीका थोक्लेन (जोरपाटी धनकुटा) चयन भएका छन् ।
केराबारी वडा नम्बर – ७ का वडाअध्यक्ष – नारायण प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोरङ, झापा, सुनसरी र धनकुटाका स्रष्टाहरूको उपस्थिति रहेको थियोे भने इन्दिरा नेम्बाङ, शुक्र आङ्देम्बे, रविन्द्र केदेम, लाखमान चोबेगु, मञ्जु थेगिम, कविन तुम्बापो, डिल्ली लिङ्दम लगायतका स्रष्टाहरूले रचना प्रस्तुत गरेका थिए । उक्त रचना माथि पुष्पहाङ लोवाले टिप्पणी गरेका थिए । मञ्जु थेगिमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम डिल्ली लिङ्दमको अध्यक्षता तथा कविन तुम्बापोको सञ्चालन रहेको थियोे ।
विभिन्न ठाउँमा छरपस्ट छरिएर रहेका याक्थुङ (लिम्बू) भाषाका स्रष्टाहरूलाई संगठित गरेर सिर्जनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै भाषा, साहित्यको निरन्तर विकास गर्ने उदेश्यले याक्थुङ साप्सक्केन सजुम गठन भएको र भाषा साहित्यलाई श्रम र उत्पादनसँग पनि जोडेर लैजानुपर्ने अध्यक्ष लिङ्दमले बताए ।