January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

२०७७ को मदन पुरस्कार भगिराज इङ्नामले पाए

4.6K

काठमाडौ । २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ ले प्राप्त गरेको छ ।

त्यसैगरी २०७७ सालको जगदम्बा–श्री सम्मान नृत्यशास्त्री थापाले प्राप्त गरेको मदन पुरस्कारको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

यसअघि सार्वजनिक गरिएको श्रेष्ठ सूचीमा रहेका नौ पुस्तकमध्ये इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको हो । २०७७ को मदन पुरस्कारका लागि प्राप्त २२२ पुस्तकमध्ये गुठीले १५ साउनमा नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । जसमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ रहेका थिए।

Advertisement

गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशी चार लाख नगदसहित सम्मान पत्र रहेको छ।