खोटाङ । खोटाङमा १६ बर्षकी एक छात्राले स्थानीय महिलाहरुलाई कसरी कम खर्चमै प्रभावकारी सेनिटरी प्याड बनाउन सकिन्छ भन्ने तालिम कक्षाहरु सुरु गरेकी छिन् । बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले तालिम कक्षा सुरु गरेकी हुन् ।
जिल्लाको ऐंसुलुखर्क गाउँपालिकाको वडा नं. ३ रैकरमा गत माघ २५ गते सामुदायिक लघु बित्तीय संस्थाको मिलनसार समूहको सदस्यहरु लगायत गाँउका २५ जना महिलाहरुलाई उनले घरेलु प्याड बनाउन सिकाइन् । स्थानीय त्रिभूवन माबिकी छात्रा कविता बन कक्षा १२ मा अध्ययन गर्छिन् ।
कविताले पुनः प्रयोग गर्न मिल्ने घरेलू प्याड कसरी उत्पादन गर्ने भन्ने ज्ञान आवश्यक तालिम स्थानीय ग्रामिण युवा विकास तथा अनुसन्धान केन्द्रबाट लिएकी हुन् । गाउँपालिकाको सहयोगमा उनी अहिले उक्त सीपका लागिअब्बल दर्जाको प्रशिक्षक नै बनेकी छिन् । कलिलै उमेरमा बिभिन्न सामाजिक संस्थामा आवद्द रहेकी कविता बन आफ्नो क्षेत्रमा एक उदियमान प्रतिभाको रुपमा उदाएको खोटाङका जनताहरु बताउँछन् ।
तालिम कक्षाको अर्को चरणमा आफ्नै त्रिभूवन माबिमा कक्षा ११ र १२ मा अध्ययनरत ५० जना छात्रा सहपाठीहरुलाई घरेलू प्याड बनाउन सिकाउने उनको योजना छ ।