काठमाडौं – बङ्गलादेशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेपछि लकडाउनको घोषणा गरिएको छ । आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ लकडाउन लागू भएको बीबीसीले जनाएको छ । नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डेल्टा भेरियन्टका कारण केही समययता सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पालना गरेर घरभित्रै नबसे अवस्था भयावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् ।
बङ्गलादेशमा अहिलेसम्म नौ लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको छ भने कोरोनाका कारण १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।