April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मोडेर्नाको खोप गम्भीर खालका कोरोना बिरामीका लागि १०० प्रतिशत प्रभावकारी हुने

3.1K

एजेन्सी–फर्मास्युटिकल कम्पनी मोडेर्नाले निर्माण गरेको कोरोनाविरुद्धको खोप गम्भीर खालका कोरोनाका बिरामीका लागि शतप्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।

खोप कोभिड–१९ रोकथामका लागि ९४.१ प्रतिशत प्रभावकारी रहेको कम्पनीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। ‘यो एकदम आश्चर्यजनक तथ्यांक हो,’अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को भ्याक्सिन एडभाइजरी कमिटीका सदस्य डा पल ओफिटले भने।

मोडेर्नाका चिफ मेडिकल अफिसर डा. ताल ज्याक्सले पनि शनिबार राति खोप प्रभावकारिताको तथ्यांक देखेर आफू भावुक भएको बताए। ‘पहिलो पटक म रोएँ,’ उनले भने, ‘यो महामारीको कोर्स नै परिवर्तन गर्ने हाम्रो पूर्ण अपेक्षा छ।’

Advertisement

कम्पनीले खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि एफडीएमा अनुमति माग्ने तयारी गरेको छ। एफडीएमा अनुमति माग्ने मोडेर्ना दोस्रो कम्पनी हो। यसअघि खोप निर्माता अर्को कम्पनी फाइजरले पनि एफडीएसँग अनुमति मागिसकेको छ। 

फाइजरको खोप स्टोर गर्नभन्दा मोडेर्नाको स्टोर गर्न सजिलो पर्ने बताइएको छ। मोडेर्नाको खोप माइनस २० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न सकिने बताइएको छ।